२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

दया र मिरुना ‘घरज्वाईँ’ मार्फत एकसाथ सार्वजनिक हुँदै


२९ साउन, काठमाडाैँ । नेपाली चलचित्र ‘घरज्वाईँ’ बन्ने भएको छ । अनिल बुढामगरले निर्देशन गर्ने यो चलचित्रलाई जनक घर्ती मगरले निर्माण गर्दैछन् । यो चलचित्रमा पुनः दयाहाङ राई र मिरुना मगरको जोडी बाँधिएको छ । उनीहरुको साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वान्देल, राज थापा काउचा लगायतको अभिनय यस चलचित्रमा रहनेछ ।

यसको कथा निर्देशक बुढामगरको हो भने उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले पटकथा लेखनमा सघाएका छन् । यसअघि उपेन्द्र सुब्बाको जारीमा दया र मिरुनाको जोडीले दर्शकको भव्य प्रशंशा बटुलेको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार १०:०४