२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

विदेशिएका युवाको पीडा बोल्ने सुरेश आचार्यको नयाँ गीत ‘म परदेश जाँदा’ सार्वजनिक


२४ साउन, काठमाडाैँ । नेपाल सरकारका सचिव समेत रहेका चर्चित गितकार सुरेश आचार्य (सियरा)ले प्रमोद खरेलको स्वरमा नयाँ गित ल्याएका छन् । परदेशीको पीडा समेटिएको गित आचार्यले हालै आफ्नै युटुव च्यानल ‘सियरा नियो अफिसियल’बाट सार्वजनिक गरेका हुन् ।

चर्चित गायक खरेलको स्वरमा सजिएको उक्त गितमा संगितकार विपिन घिमिरेले संगित भरेका छन् । उक्त गितको भिडियोको निर्देशन पुजा ठकुरीले गरेकी छिन् । अनुप बराल, अनु पराजुली, बाबुरा सत्याल, सीतादेवी सत्याल लगायतले अभिनय गरेको भिडियो मुकेश हुमागाईंले खिचेका हुन् ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार २१:२५