१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पृथ्वीबाट मानववस्ती सार्नुपर्छ भन्ने प्रसिद्ध वैज्ञानिक हकिङको निधन


३० फागुन, काठमाडौँ । ब्लक होल र रिलेटिभिटिबारे गहिरो अध्ययन गरेका प्रसिद्ध वैज्ञानिक स्टेफेन हकिङको ७६ वर्षको उमेरमा निधन भएको छ । प्रध्यापक तथा भौतिक शास्त्री स्टेफन हकिङको निधन भएको हकिङका छोरा छोरी लुसी रोबर्ट र टिमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘बुवाको निधनप्रति हामी दुखी छौँ । उहाँ ठूलो वैज्ञानिक तथा अस्वभाविक व्यक्तित्व हुनुहुन्थ्यो । विज्ञानमा उहाँको योगदानलाई विश्वले सँधै सम्झिरहनेछ ।’

हकिङको परिवारले बुधबार बिहान जारी गरेको विज्ञप्तिमा क्याक्ब्रीजको आफ्नै घरमा उनको निधन गएको बताइएको छ । ब्याक होल र रिलेटिभिटी सिद्धान्तमा ठूलो योगदान गरेका हकिङले प्रध्यापनसँगै थुप्रै पुस्तकसमेत लेखेका छन् ।

गएको असारमा नर्वेको ट्रोन्हेमस्थित स्टारमस साइन्स फेस्टिवलमा बोल्दै हकिङले मानिसले पृथ्वी छोडेर अन्य ग्रहमा बस्ती बसाउन थाल्नुपर्ने बिचार व्यक्त गरेका थिए ।

उनले चन्द्रमा तथा मंगल ग्रहमा बस्ती बसाउने कुरा मानव जातिको भविष्यका लागि निकै महत्वपूर्ण हुने बताउँदै आएका थिए । पृथ्वीमा तापक्रम वृद्धि, जनसंख्या विस्फोट वा क्षुद्रग्रहसँग ठोक्किएर पृथ्वी बस्नलायक स्थान नरहने दाबी गर्थे ।

प्रकाशित मिति : ३० फाल्गुन २०७४, बुधबार ११:२६