१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

यू-१९ एएफसी महिला च्याम्पियनसिप छनोटमा नेपालद्धारा भारत २-० ले पराजित


९ कात्तिक, काठमाडाैँ । यू-१९एएफसी महिला च्याम्पियनसिप छनोटमा नेपालले भारतलाई पराजित गरेको छ । शुक्रबार थाइल्याण्डमा भएको खेलमा नेपालले भारतलाई २-० गोल अन्तरले पराजित गर्यो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा नेपाली टोली दुई गोल गर्न सफल भयो । खेलको ५९ औं मिनेटमा रेखा पौडेलले नेपाललाई अग्रता दिलाइन् भने निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी छँदै रेखाले नै दोस्रो गोल गर्दै जित सुनिश्चित गरिन् । प्रतियोगितामा नेपालको यो पहिलो जित हो ।

पहिलो खेलमा नेपाल घरेलु टोली थाइल्याण्डसँग ३-० ले पराजित भएको थियो । नेपालले अब आइतबार पाकिस्तानसँग खेल्नेछ । समूह बीमा नेपालसँगै थाइल्याण्ड, भारत, सिंगापुर र पाकिस्तान छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७५, शुक्रबार १६:५५