२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

कांग्रेस सांसदद्धय आरजु र मञ्जुलाई साँढे ८ करोड बुझाएको अडियो सन्देश शर्माकै भएको पुष्टि


२४ असार, काठमाडौँ । प्रहरी प्रधान कार्यालयले नेपाली कांग्रेसकी नेतृ समेत रहेकी पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा आराजु राणा देउवालाई साँढे दुई करोड र कांग्रेस सांसद समेत रहेकी पुर्व गृहमन्त्री बालकृष्ण खाँड पत्नी मञ्जु खाँडलाई ६ करोड रूपैयाँ बुझाएको अडियो विचौलिया सन्देश शर्माकै रहेको पुष्टि गरेको छ ।

यसअघि सन्देश शर्माको उक्त अडियो बाहिरिएपछि आरजुले प्रहरीको साइबर ब्यूरोमा उजुरी दिँदै स्वर परीक्षणका लागि अनुरोध गरेकी थिइन । सोही अनुसार प्रहरीले त्यसको जाँच गरी कांग्रेसका सांसदद्धय आराजु र मञ्जुलाई साँढे ८ करोड रूपैयाँ बुझाएको भनिएको अडियो सन्देश शर्माकै रहेको पुष्टि गरेको हो । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले आराजुलाई जानकारी दिएको पत्रमा मञ्जुको नाम भने उल्लेख गरिएको छैन ।

प्रहरीले आरजुलाई पत्र लेख्दै सन्देश शर्माले आरजु राणाको नाम लिएर सार्वजनिक भएको अडियो उनकै भएको स्पष्ट पारेको छ । यसअघि आरजुले वैशाख २ गते आफ्नो नाम जोडिएपछि साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । सन्देश शर्माको आवाज भएको निर्क्योल लागेपनि त्यो अडियो कहाँबाट र कसरी तयार भयो भन्ने सन्दर्भमा टिकटक सिंगापुरलाई पत्राचार भएको प्रहरीले जनाएको छ ।

अडिओ संवादका क्रममा आरजुले साढे दुई करोड रुपैयाँ र मञ्जुले घरमै ६ करोड रुपैयाँ लिएको दाबी गरिएको छ। सुरुमा टिकटकमा सार्वजनिक भएको यो त्यो अडिओ अहिले ट्विटर र फेसबुकमा पनि भाइरल छ। नक्कली शरणार्थी बनाएर अमेरिकामा मानवतस्करी गर्ने गिरोहले करोडौँ रूपैयाँ ठकेर आरजु र मञ्जुलाई साढे आठ करोड रुपैयाँ बुझाएको कुार त्यसमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आईतवार १५:५४