२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

एन्काद्वारा खेलाडी सम्मान, प्रसिडेन्ट अवार्ड प्रमेश गिरीलाई

एडिलेड एडिलेड नेप्लिज क्रिकेट एशोसियसन(एन्का)ले आफ्ना गत वर्षका उत्कृष्ट खेलाडीहरुको सम्मान गरेको

कार्यक्रममा एन्काले २०२२/२३ सिजनमा विभिन्न विधाका उत्कृष्ट भएका खेलाडीहरुलाई सम्मान गरेको थियो जसमा प्रेसिडेन्टअवार्डबाट प्रमेश गिरी सम्मानित भएका थिए सो सम्मानका लागि गरी सहित, अनिस खत्री, अरोज महर्जन  मनोनीत भएका थिए

यसै गरि गत सिजनको भ्यालुयवल प्लेयर सम्मानबाट उमेश बडु(पुरुष), अनिता सिह(महिला), इभाषा श्रेष्ठ (जुनियर) सम्मानित भएकाथिए भने वेस्ट प्लेयर अफ सिजन सम्मानबाट प्रमेश गिरी(पुरुष), श्रीजा कडेल(महिला), शुभान कडेल(जुनियर) सम्मानित भएकाथिए

बेस्ट प्रफरमेन्ट अन फिल्डबाट सागर कडेल(पुरुष) इशान पौडेल (जुनियर) सम्मानित भए यसै गरि बिज्ञान लुइटेल (पुरुष) विभोरदहाल (जुनियर) बेस्ट बलको उपाधीबाट सम्मानित भए वेस्ट व्याट्स म्यानका रुपमा मनिस खकुरेल (पुरुष) स्विकृति वाग्ले(जुनियर) सम्मानित भए

एन्का सनसाईन सम्मान सुनिता मास्के इमर्जिङ प्लेयरबाट बिज्ञान लुइटेललाई प्रदान गरियो

अष्ट्रेलियाको राजधानी क्यानवेरामा सम्पन्न पाचौ ओशियाना नेपाली खेलकुद मिटमा साउथ अष्ट्रेलियाबाट सहभागी भई विजयी भएकाक्रिकेटका खेलाडीहरुलाई समेत साउथ अष्ट्रेलिया सरकारकी पुर्व मन्त्री जिङ् लीले सम्मान गरेकी थिईन

अष्ट्रेलियन क्रिकेट टिमका पुर्व सदस्य जो मेनीको विशेष आतिथ्यमा भएको कार्यक्रममा मेनीले एन्का जेम्सका बालबालिकाहरुलाईमेडल सहित सम्मानित गरेका थिए

कार्यक्रममा विज्ञापनदाताहरु सहित विभिन्न कार्यक्रमहरुमा सहयोग गरे बापत एडिलेड नेपाली विद्यालय एडिलेड नेपालीपाठशालालाइ समेत सम्मान गरिएको थियो

कार्यक्रममा साउथ अष्ट्रेलिया सरकारको पुर्व मन्त्री जिङ लीले क्रिकेट मार्फत एन्काले बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीसमुदायलाई जोडेको बताउदै प्रशंसा गरेकी थिईन उनले एन्काको सहयोगका लागी साउथ अष्ट्रेलियाको संसद भवनमा २० जनाकालागी लन्चको आयोजना गर्ने त्यसबाट प्राप्त हुने रकम एन्कालाई सहयोग गर्ने समेत बताईन एन्काको सल्लाहकार पारा ओलम्पियनक्ट्रीना ओएभले एन्काले समुदायमा पुराएको योगदानको प्रशंसा गरेकी थिईन कार्यक्रममा साउथ अष्ट्रेलियाका लागी नेपालीवाणिज्यदुत दिपक धमला, एनआरएनए साउथ अष्ट्रेलिया संयोजक रेनुका लामा समेतले सम्मानितहरुलाई ट्रफि वितरण गरेका थिए

एन्का अध्यक्ष विजय जोशीले गत सिजनमा क्लव, खेलाडी, विज्ञापनदाता सहित सहयोगीहरु धन्यवाद दिदै सहयोगलाई आगामीबर्षहरुमा जारी रहने विश्वास व्यक्त गरेका थिए

एन्का सचिव सन्तोष अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन पव्लिक रिलेसन अफिसर दिपक क्षेत्रीले गरेकाथिए |

प्रकाशित मिति : १६ असार २०८०, शनिबार १६:४६