१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

यू १५ साफ च्याम्पियनसिप फुटबल अाजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्ने


८ कात्तिक, काठमाडाैँ । यू १५ साफ च्याम्पियनसिप फुटबलको चौथो संस्करण अाजदेखि ललितपुरमा सुरु हुदैंछ । अाजको उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्ने छन् । ललितपुरको एन्फ मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल बिहान साढे ११ बजे हुने छ ।

प्रतियोगितामा नेपालसहित माल्दिभ्स र बंगलादेश एउटा समूहमा रहेर सहभागी हुँदैछन । यसैगरी अर्को समूहमा भारत, पाकिस्तान र भुटान रहेका छन् ।

त्यसपछि बिहीबार नै दिउँसो ३ बजे नेपाल र माल्दिभ्स आमने सामने हुनेछन् । यू १५ साफ च्याम्पियनका अहिलेसम्मका सबै संस्करणमा भाग लिएको नेपाल दुई पटक फाइनलमा पुगे पनि उपाधि भने जित्न सकेको छैन ।

प्रकाशित मिति : ८ कार्तिक २०७५, बिहीबार ०८:०६