२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

४० वर्षसम्म अविवाहित रहेका महिलालाई १२ हजार भत्ता


१२ असार, नुवाकोट । नुवाकोटको तादी गाउँपालिकाले अविवाहित महिलाहरूका लागि विशेष कार्यक्रम लागू गरेको छ । गाउँपालिकाले ४० वर्षको उमेरसम्म अविवाहित रहेका महिलाहरूका लागि मासिक १ हजार रूपैयाँका दरले भत्ता दिन सुरू गरेको हो ।

गाउँपालिका अध्ययक्ष सन्तमान तामाङले दैनिकीसँग कुरा गर्दै विभिन्न कारणले एकल रहेका महिलाका लागि गाउँपालिकाले राहत दिन यस्तो कार्यक्रम कार्यान्वयन गरेको जानकारी दिए । उनले राज्यले सामाजिक सुरक्षामा ध्यान दिनुपर्ने दायित्य रहेको स्मरण गराउँदै आफूहरूले पनि ४० देखि ६० वर्ष उमेर समूहको अविवाहित महिलाका लागि यस्तो कार्यक्रम लागू गरेको बताए ।

अध्यक्ष तामाङका अनुसार एक जना महिलाले एक वर्षमा कुल १२ हजार रूपैयाँ त्यस्तो विशेष भत्ता प्राप्त गर्छन । अहिले तादी गाउँपालिकामा ३४ जना अविवाहित महिलाले यस्तो भत्ता प्राप्त गरेको गाउँपालिका अध्यक्ष तामाङले बताए ।

सिंहदरबारको अघिकार स्थानीय सरकारमा पुगेपछि स्थानीय सरकारहरूले रचनात्मक ढंगले आफ्नो स्थान अनुकुलका कार्यक्रम बनाएर कार्यान्यन गर्दै आएका छन ।

गाउँपालिकाले भत्ता बितरण कार्यक्रममा प्रदर्शन गरेको व्यानर । तस्बिरः सामाजिक सञ्जाल

प्रकाशित मिति : १२ असार २०८०, मंगलवार १०:४३