१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

रारा ताल प्रवेशका लागि अाजदेखि १०० रूपैयाँ शुल्क लिन थालियो


७ कात्तिक, मुगु ।  रारा ताल प्रवेश गर्न आज बुधबारदेखि आन्तरिक पर्यटकले समेत एक सय रुपैयाँ प्रवेश शुल्क तिरेका छन । रारा राष्ट्रिय निकुञ्जले रारा ताल प्रवेशको लागि प्रतिव्यक्ति एक सय रुपैयाँ शुल्क लिएको हो ।

बुधबार बिहानैदेखि रारा ताल पुग्ने सबै व्यक्तिसँग निकुञ्जले एक सय रुपैयाँ शुल्क लिएको रारा पर्यटन विकास समितिका अक्ष्यक्ष तथा रारा मुर्मा होमस्टेका सञ्चालक देविकृष्ण रोकायाले बताए । रारामा अहिले दैनिक १ हजार देखि १५ सय सम्म आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७५, बुधबार २०:२४