२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

भूमी आयोगको सदस्यले गोरखापत्रको अधिकृत भन्दै कर्मचारीलाई धम्क्याएपछि…


-किरण देउजा 

११ असार, काठमाडौँ । सिन्धुपाल्चोकमा भूमि आयोगको सदस्य समेत रहेका गोरखापत्रका रिपोर्टर चित्र मिजारले शिक्षाका एक कर्मचारीलाई धम्क्याएका छन । मिजारले ती कर्मचारीलाई धम्क्याएको ५ मिनेट ८ सेकेण्डको अडियो अहिले सामाजिक सञ्जालमा व्याप्त भएको छ ।

अडियोमा चित्र मिजारले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको शिक्षा शाखा प्रमुख कल्पाना घिमिरेलाई धम्क्याएको सुनिन्छ । पत्रकारले कसैलाई डर धम्की देखाउनु पत्रकार आचारसंहिता विपरित हो । गोरखापत्र संस्थान स्रोतका अनुसार मिजार समाचारको गोटा गनेर पारिश्रमिक लिने स्ट्रिन्जर हुन । उनी हाल जिल्ला भूमि आयोग सिन्धुपाल्चोकको सदस्य समेत रहेका छन ।

अडियो सुन्दा कुनै एक कार्यक्रमको सञ्चालक रहेछन् मिजार । मिजारले ‘मैले डिग्री गरेको गरेको छु, १८ वर्षदेखि पत्रकारितामा छु, गोरखापत्रमा उपसचिव तहकोको मान्छे हुँ, म भूमी आयोग सिन्धुपाल्चोकको सदस्य हुँ’ भन्दै धम्काएका छन ।

अधिकृत घिमिरेलाई मिजारले ‘मैले चाहे भने हप्ता दिनमा जे पनि गर्न सक्छु’ भन्दै धम्क्याएका छन । अर्को एक प्रसंगमा मिजार भन्छन् ‘तपाईले कुचो चोरेको भिडियो पनि छ, सामाजिक सञ्जलमा हाल्दिम !’ तर घिमिरेले मैले चोरेको होइन वास्तविकता बुझ्नुस् भन्दै सम्झाउने कोसिस गर्छिन्, मिजार त्यो कुरा सुन्नै चाहदैनन् ।

यस विषयमा शिक्षा शाखा प्रमुख घिमिरेलेसँग दैनिकीले चासो राख्दा आफूले कुनै गतल काम नगरेको र गल्ती गर्ने र धम्क्याउने माथि कारबाही हुनुपर्ने बताइन । उनले दैनिकीसँग भनिन्, ‘जे गर्नुहुन्छ, चित्रजीले नै गर्नुहुन्छ, उहाँलाई नै सबै थाहा होला, पीडितले न्याय पाउनुपर्छ । मैले गलत कार्य गरेको भए सजाय भोग्न म तयार छु । यो कानुनी राज्य हो, कानुन सबैलाई बराबर हुन्छ, म कानुनको ढोकासम्म जान नि सक्छु हेरौँ के हुन्छ ।’

हामीले यस विषयमा चित्र मिजारले अडियो संवादमा आफैँ पीडित रहेको दाबी गरे । उनले शिक्षा शाखा प्रमुख घिमिरेलेबाट धम्की आएपछि आफू तनावमा रहेँ बताए । मिजारले भनेका छन, ‘भुमि आयोगको उपसचिव सरह पदमा भन्नू पर्नेमा तनावले गोरखापत्रको अधिकृत सरहको भन्न पुगेछु । यसमा मेरो जिब्रो चिप्लिएको हो। र अडियोमा पीडित म हुँ ।’

अडियो तल सुन्न सक्नुहुन्छ

चुरो कुरो स्टेशनरी व्यापारको 

कमलाले चित्रको संवादको सुरूमै अनिश तिवारीको नाम नलिइकन उनको अनुरोधमा समाचार लेख्न खोजेको सूचना पाएको बताउँछिन । उनले नाम नलिए पनि चित्रलाई समाचार लेख्ने नाममा शिक्षा शाखा प्रमुखसँग कुरा गर्ने जिम्म अनिशले दिएको बुझिन्छ । त्यसलाई पुष्टि गर्ने गरी अनिश र उनको पिताले सामाजिक सञ्जालमा लेखेका छन । उनीहरूले शिक्षा शाखा प्रमुख कमलाप्रति लक्षित गर्दै उसले किताब र स्टेशनरीको काम नदिएको भन्दै रोष प्रकट गरेका छन । यद्यपी बिधी र कानुन अनुसार जाने छुट कमलालाई पनि छैन । तर कान्तिपुर र गोरखपात्रको संवाददाता रहेको भन्दै कर्मचारीलाई गलत बाटोबाट धम्क्याउने काम निन्दनीय हो ।

सिन्धुपाल्चोकका केही पत्रकारले पत्रकारिताको प्रयोग गरेर अन्य व्यवसायबाट फाइदा उठाउने गरेका छन । यस घटनामा पनि त्यस्तै भएको बुझ्न सकिन्छ । सिन्धुपाल्चोकका पत्रकारहरू मध्ये कान्तिपुर दैनिकका संवादाता अनिश र गोरखापत्रका चित्र  एक अर्कालाई सहयोग गर्ने गरी ब्ल्यकमेलिङ समेत गर्दै आएको आरोप छ । यो घटनामा पनि अनिशको फाइदाका लागि चित्रले घिमिरेलाई धम्क्याएको स्रोतले जनाएको छ ।

अहिले बाह्रबिसे नगरपालिकालले स्टेशनरी सामान अन्त बाट लिन थालेपछि तिवारीको टाउको दुखेको छ । नगरपालिकाको वडा नम्बर ९ मा तिवारीको शुभकामना स्टेशनरी छ । पत्रकारिताको आवरणमा पत्रकारद्धय तिवारी र मिजारले संयुक्त रूपमा यस्तै गरी धम्क्याउँदै कामहरू लिने गरेका छन ।

कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता अनिश तिवारी र उनका पिता उद्वव तिवारीले सामाजिक सञ्जाल फेसबुकमा शिक्षा शाखाको प्रमुखका बारेमा गरेको टिप्पणीको स्क्रिनसर्ट ।

स्मरणीय छ, मिजार नेपाली कांग्रेसको महासमिति सदस्य बनिसकेका ब्यक्ति पनि हुन । नेपाल पत्रकार महासघ केन्द्रमा कांग्रेसकै नेतृत्व छ । उनीहरु फरक आस्थाको शंका लाग्ने बितिक्कै शुद्धिकरणको नाममा सदस्यता हटाइ रहेका छन । मिजारका केशमा के गर्छन उनीहरूले जानुन् ।

*समाचार प्रकाशति भएपछि चित्र मिजारले आफ्नो कुरा जानकारी दिएकाले प्रकाशित भएकै समाचारमा सो भनाइलाई पनि स्थान दिइएको -प्रधानसम्पादक

प्रकाशित मिति : ११ असार २०८०, सोमबार १९:३४