२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

१२ अर्ब ठगेर सञ्चालक भागेपछि अर्थन्युजएचडी टेलिभिजन बन्द, पत्रकारको बिचल्ली


१० असार, काठमाडौँ । काठमाडौँबाट प्रशारण हुँदै आएको अर्थन्युजएचडी टेलिभिजन बन्द भएको छ । सञ्चालक केदारनाथ शर्मा केही सहकारीको १२ अर्ब ठगेर भागेपछि टेलिभिजन बन्द भएको हो । टेलिभिजन बन्द भएसँगै पत्रकार, कर्मचारी र प्राविधिक गरी करिब एक सय जनाले रोजगारी गुमाएका छन । शुक्रबारबाट टेलिभिजन बन्द भएको छ ।

टेलिभिजन केबल, फेसबुक, युट्युब कतै पनि प्रशारण भएको छैन । टेलिभिजनमा कार्यरत पत्रकार कर्मचारीले करिब चार महिनादेखि पारिश्रमिक समेत पाएका थिएनन् । चार महिनादेखि तलब समेत नपाएका पत्रकार कर्मचारीको रोजगारी समेत गुम्दा झन समस्यामा परेका छन ।

स्थापानको छोटो समयमै विदेशी संस्थासँग नाम जुधेको भन्दै वान न्युज एचडीबाट अर्थ न्युज एचडीमा परिवर्तन भएको थियो । ३७ वटा कम्पनी चलाइरहेका केदारनाथ शर्माले ३८ औँ कम्पनीको रूपमा अर्थ न्युज एचडी सञ्चालनमा ल्याएका थिए । शिखर अर्गनाइजेशन नै बनाएर करिब ४० कम्पनी स्थापना गरेर व्यापार गर्दै आएका केदारनाथ शर्मा अहिले फरार रहेका छन ।

उनको श्रीमति गीता शर्मा भने प्रहरी हिरासतमा रहेकी छिन । सहकारी मार्फत हजरौँ बचतकर्ताको पैसा उठाएर शर्मा दम्पत्तीले ठगेका थिए । उनीहरूले दुई वटा सहकारीको नाममा ठगेको देखिएको छ । शिवशिखर र तुलसी सहकारीमार्फत बचतकर्ता ठगी गरेर शर्मा भने भारततिर भागेको अशंका गरिएको छ ।

प्रकाशित मिति : १० असार २०८०, आईतवार १५:५९