२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

एमाले नेता उमेश ढकाल भ्रष्टाचारी ठहर, नाै वर्ष कैद, ४ अर्ब १० करोड बिगो र जरिवाना


५ असार, काठमाडाैँ । नेकपा (एमाले)का नेता एवं पेशगात जिल्ला कमिटीका अध्यक्ष उमेश ढकाल विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका छन । विशेष अदालतले बहुचर्चित कर फर्छ्यौट आयोगको भ्रष्टाचार मुद्दामा हालसम्मकै सबैभन्दा बढी बिगो, जरिवाना र सजाय निर्धारण गरेको हो ।

तत्कालीन अवस्थामा मकवानपुरको पालुङ गाविस–५  स्थायी घर भएका उमेश ढकाललाई  नाै वर्ष कैद र ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ रुपैयाँ बिगो र जरिवाना तोकिएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ अनुसार विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले भ्रष्टाचारी ठहर गर्दै यस्तो निर्णय गरेको हो ।

ढकालसँगै कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महतलाई ९ वर्ष १ महिना कैद, सदस्य सचिव आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्मालाई ९ वर्ष कैद सजाय हुने फैसला भएको छ । ढकाल पनि कर फर्छ्यौट आयोगका सदस्य हुन ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलवार २०:०८