शुरु भयो एडिलेडमा पहिलो लन टेनिस लिग
एडिलेड । नेप्लिज टेनिस क्लव अष्ट्रेलियाको आयोजनामा एडिलेडमा लन टेनिस च्याम्पियनसिप आइतवार एक कार्यक्रम विच शुरुगरिएको छ ।
जसको फाइनल आगामी अक्टोवर ८ मा हुने भएको छ । क्लवका पव्लिक रिलेसन अफिसर सुरेन्द्र रेग्मीले लिगमा समुह ए र बि गरि ३४खेलाडी सहभागी हुने भएका छन् । जसमा समुह ए मा १८ र बि मा १६ खेलाडी सहभागी हुने छन् । पुरुष डवलमा हुने प्रतियोगिताको क्लबमा विगतका वर्षहरुमा खेलेका खेलाडीहरु समुह ए मा र नव खेलाडीहरु समुह बि मा रहेका छन् । लिग चरणबाट ४/४ टिमसेमीफाइनलमा पुग्ने छन् । भने स्थानिय पासाडिना टेनिस क्लवमा आइतवार शुरु भएको लिग खेलहरु प्रत्येक हप्ता हुने भएको छ ।
विजयी प्रतियोगीहरुलाई कप मेडल र प्रमाण पत्र प्रदान गरिने अफिसर रेग्मीले बताए । उनले अक्टोवर ८ मा हुने फाइनल खेलका दिनमामहिला समुह तर्फको प्रतियोगिता समेत हुने तथा वालवालिकाहरुका लागि टेनिस क्लिनिक संचालन गर्ने बताए ।
रेग्मीले खेलकुद स्वस्थ जिवनका लागि महत्वपुर्ण भएको यसका अलावा खेलकुद मार्फत प्रवासमा नेपाली समुदाय विच भातृत्वको समेत बिकास र विस्तार हुने बताए । उनले लन टेनिस नेपालमा त्यति धेरै खेलिने खेल नभएको तर खेल चाडै सिक्न सक्ने आफ्नो खेलकोलेवल अनुसार खेल्न मिल्ने र घाउ चोटको संभावना पनि अरु खेलमा भन्दा निकै कम भएकाले पनि निर्धक्क भएर खेल्न सकिने भएकालेयहा रहेको नेपाली समुदायका लागि उपयोगी खेल भएको बताए ।
प्रकाशित मिति : ४ असार २०८०, सोमबार १६:४६












