१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

विदेशबाट फर्केका युवाहरु ‘वाच’ गरेर बस्नुहोला, तपाईंको हातमा पैसा आउँछः प्रधानमन्त्री प्रचण्ड


२६ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७ सय ५३ वटै पालिकामा बिदेशबाट फर्केर रोजगारीमा लागेका युवाहरुको लागि अनुदान पठाउने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित रिटर्नी सेन्टर नेपालको राष्ट्रिय भेलामा उनले बिदेशबाट फर्किएर सामुहिक श्रममा अगाडि बढ्न चाहनेलाई सीधै पैसा आईपुग्छ भन्दै सही सदुपयोग गर्ने संरचनामा लाग्न आग्रह गरे ।

उनले भने, ७ सय ५३ वटै पालिकामा सीधै पैसा जाने गरी र जो युवाहरु रोजगारीमा लाग्न चाहान्छन् । सामूहिक श्रममा या कम्पनी बनाएर उत्पादन कार्यमा अगाडि बढ्न चाहन्छन् । तिनीहरुलाई प्रोत्साहन गर्न अरबौको अनुदान रकम जाँदै छ । विदेशबाट फर्केका सबै युवाहरुलाई भन्न चाहन्छु तपाईहरु आ आफ्नो ठाउँबाट वाच गरेर बस्नुहोला तपाईहरुको हातमा सीधै पैसा आईपुग्छ । त्यो पैसा सहि सदुपयोग गर्ने संरचनामा लाग्नु होला ।’

उनले आफुले बैदेशिक रोजगारीमा गएकाहरुको हितमा काम गरिरहेको बताए । सीमा समाधानको कुरालाई लिएर बिभिन्न टिकाटिप्पणी गरेको भन्दै उनले प्रश्न गरे ‘के भारतीय प्रधानमन्त्रीले पहिलो पटक नेपालको सीमा समस्या समाधान गर्छु । नेपालको र भारतको सम्बन्ध हिमालको उचाई पुर्याउछु भनेर गरेर प्रतिवद्धता नराम्रो हो ? अहिलेसम्म कहिल्यै नभनेको कुरा भन्नु नराम्रो हो ? १० हजार विद्युत मेगावाट १० वर्षमा भन्ने नराम्रो हो ?’ एकथरी मानिसले यसलाई उल्टो पाल्टो कुरा गरेर नराम्रो भन्ने गर्छन् ।’

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार १७:४४