१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पहिचानको नाममा अराजकता मच्चाउने छुट कसैलाई छैनः गृहमन्त्री श्रेष्ठ


२६ जेठ, काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानको नाममा अराजकता फैलाउँनेलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् । शुक्रवार प्रतिनिधिसभा बैठकमा आफ्ना नेताहरूलाई ‘पहिचान पक्षधर’ भनिनेहरूले आक्रमण गरेको तर सरकारले कुनै कारवाही नगरेको भन्दै एमाले सांसदहरुले प्रश्न उठाएपछि उनले पहिचानको नाममा अराजकता मच्चाउनेलाई नछोड्ने चेतावनी दिए ।

उनले अराजक गतिविधि गर्ने सार्वजनिक संस्थाहरुको सुरक्षामा चुनौती उत्पन्न गर्ने काम गर्ने कसैलाई सरकारले छुट नदिने दृढता व्यक्त गरे । उनले भने, ‘ अराजक गतिविधि गर्ने । सार्वजनिक संथाहरुको सुरक्षामा चुनौती उत्पन्न गर्ने । अराकपूर्वक काम गर्ने सरकारले कसैलाई छुट दिने छैन् । कारवाहीको कानुनी दायरामा ल्याउन सरकार दृढ छ ।’ आन्दोनकारीहरुले विषयबस्तु ठिक ढङग्ले प्रस्तुत गर्न नसक्दा संघीयतामाथि आक्रमण गरेको भन्दै सरकारले बल प्रयोग गर्न नपरोस् भन्दै उनले अराजकता मच्चाउनेहरुलाई राजनीतिक पार्टीहरुले संरक्षण नगर्न आग्रह गरे ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार १२:५३