१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

रमेश हमालको घोषणाः दुई महिनाभित्र ब्रोकरको संख्या ९३ पुर्याउने, ४५ दिनभित्रै आईपीओ स्वीकृति


२५ जेठ, काठमाडौं । धितोपत्र बजारको नियामक संस्था नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष रमेशकुमार हमालले अबको दुई महिना भित्रमा ९३ वटा ब्रोकर सञ्चालनमा ल्याउने बताएका छन् ।

बोर्डको ३१औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमा हमालले ९३ वटा ब्रोकर सञ्चालन ल्याउने जानकारी दिएका हुन् । हमालले भने,‘थप १८ वटा ब्रोकरलाई लाइसेन्स दिएका छौं, हाल ब्रोकरको संख्या ६८ पुगेको छ ।अबको दुई महिनामा ९३ ब्रोकर सञ्चालनमा ल्याउँछौं ।’

त्यस्तै उनले पछिल्लो सयमथप १८ ब्रोकरलाई लाइसेन्स दिएको बताउँदै अर्को वर्षदेखि भने त्यसलाई कमोडिटी एक्सचेञ्ज अनुसार सञ्चालन गर्ने लक्ष्य राखेको जानकारी दिए ।

पछिल्लो समय बोर्डका कार्यलाई डिजिटलमा प्रविधिसंग जोडेर कार्य गर्दै आएकोले काममा उल्लेखित सुधार भएको र पूर्ण रुपमा डिजिटल टोक्नोलोजिमा रुपामन्तरण गरेर आइपियो प्रणालीलाई बढीमा ४५ दिनको स्वीकृति दिने गरि काम गर्ने बताए ।

उनले भने,‘डिजिटल टोक्नोलोजिमा उल्लेख्य फड्को मारेर हामीले हाम्रा आइपीओ प्रणालीलाई बढीमा ४५ दिनमा स्वीकृति दिनेगरि बाँकी सबै कुराहरु इलेक्ट्रोनिक प्रणालीमार्फत पेपरलाई घटाएर हामी अगाडी बढ्नुपर्ने छ ।’

देशको अर्थतन्त्रमा योगदान गर्ने गरि निजी इक्विटी र भेन्चर पूँजीको माध्यमबाट राष्ट्रिय पूँजी निर्माणमा सहयोग पुग्ने गरि पूँजी विविधिकरणका लागि उद्यमशीलताको विकास गर्न नेप्सेमा एस्एमसि प्याटफर्म गठन गर्न लागेको उनको भनाई छ ।

उनले भने, ‘प्राइभेट इक्विटी र भेन्चर पूँजीको उचित माध्यमबाट राष्ट्रिय पूँजीनिर्माणमा सहयोग गर्ने,इकोनोमिको विविधिकरणका लागि सिस्टम्याटिक बाटो खोल्ने र त्यसमार्फत उद्यमशीलताको प्रर्वद्धन र विकास गर्न एस्एसी प्याटफर्म खडा गर्दै छौं । अहिले यो प्रस्ताव अर्थ मन्त्रालयमा छ, केही समयपछि क्याविनेटबाट पास भएपछि त्यसलाई लागू गर्ना साथ भेन्चर क्यापिटल र प्राइभेट इविक्टीको पूर्ण इकोसिस्टम नेपालमा पहिलो पटक तयार हुन्छ ।’

उक्त इकोसिस्टम निर्माण पछि नेपालमा लगानी गर्न चाहने साना तथा मध्यम स्टार्टअप कम्पनीका लगानीकर्ताहरुलाई पनि विना धितो लगानी गरेर काम गर्ने वातावरण निर्माण हुने उनको भनाई थियो ।

त्यस्तै, उनले नेपालको अर्थतन्त्रलाई विविधिकरण गर्नका लागि सेकेन्डरी मार्केटमा एनआरएनएहरुलाई समेत ल्याएर अर्थतन्त्रको तरलता र पूँजी निर्माणको यात्रामा फड्को मार्ने गरीकाम गर्ने भन्दै त्यसका लागि उच्चस्तरीय कमिटी नै बनाएर काम गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार ११:३०