२७ बैशाख २०८१, बिहीबार | Thu May 9 2024

युनिक नेपाल लघुवित्तको एफपिओ बाँडफाँडः ५ जनाले पाए ११ कित्ता सेयर, यसरी हेर्नुहाेस् नतिजा


२५ जेठ, काठमाडाैं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले गत जेठ ११ गतेदेखि जेठ १७ गतेसम्म जारी  गरेकाे एफपीओ आज बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएकाे हो ।

कम्पनीकाे एफपीओमा १३ लाख ५७ हजार १८० आवेदकबाट कुल १ करोड ५४ लाख २७ हजार ५३० कित्ता सेयर माग भएको थियो। ति मध्ये १३ लाख ५५ हजार ६८७ आवेदकबाट परेको १ करोड ५४ लाख १० हजार १६० कित्ता सदर भएको छ भने बाँकी १ हजार ४९३ आवेदकबाट परेको १७ हजार ३७० कित्ता बदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण उक्त एफपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको थियाे। गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ३७ हजार ९४२ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने तिनै आवेदकमध्ये ५ जनाले थप १/१ कित्ता सेयर पाएका छन्।

कम्पनीकाे एफपीओकाे नतिजा केहि समयपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट https://www.muktinathcapital.com/ https://uniquenepalmicrofinance.com.np/,सिडीएससीको मेरोशेयरको वेबसाइटmeroshare.cdsc.com.np login, सिडीएसले आईपीओ लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/बाट  हेर्न सकिने छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार ०९:४२