१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

सरकारले स्टार्टअप कार्यक्रमको बजेट बढाउन आवश्यक छः सांसद बडू


२४ जेठ, काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले सरकारले स्टार्टअप कार्यक्रमको बजेट बढाउन आवश्यक रहेको बताएका छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा उनले बजेटमा राखिएको स्टार्टअप कार्यक्रम स्वागतयोग्य रहेता पनि अझै प्रभावकारी बनाउन फण्ड बढाउनु पर्ने बताएका हुन् ।

उनले भने,‘स्टार्टअप कार्यक्रमलाई प्रोत्साहन गर्न एक अर्ब २५ करोड फण्डको निर्माण भएको छ । यो स्वागत योग्य विषय हो। वास्तमा स्टार्टअप कार्यक्रमबाट युवाहरूमा रहेको स्किललाई र उनीहरू भित्र रहेको उद्यमशीलतालाई हामी व्यवसायमा रूपान्तरण गर्ने एउटा अत्यन्तै महत्त्वपूर्ण कार्यक्रम हो यो। यसलाई अझै प्रभावकारी बनाउन यो फन्ड बढ्नुपर्छ ।

यसमा केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको पनि योगदानमा अब यो फन्ड बढाऔं,।’ निजी क्षेत्रसँग सहकार्य गरेर स्टार्टअप कार्यक्रमबाट युवाहरुलाई रोजगारीमा जोडेर बेरोजगारको समस्या समाधान गर्न सकिने उनको भनाइ छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार १३:२२