२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

नेप्सेमा दुई कम्पनीको आईपीओ सूचिकृत, कुनको ओपनिङ रेञ्ज कति ?


२४ जेठ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुइ कम्पनीकाे आईपीओ सूचिकृत भएको छ । नेप्सेमा भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र दोल्ती पावर कम्पनीको आइपीओ सूचिकृत भएको छ ।

१) नेप्सेमा भुगोल इनर्जी डेभलपमेन्ट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ सूचिकृत भएको छ । नेप्सेमा कम्पनीकाे ५४ लाख ४० हजार ५३४ कित्ता सेयर सूचिकृत भएको हो ।

कम्पनीको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ६७.६३ रुपैयाँ देखि २०२ रुपैयाँ ८९ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । यो कम्पनीलाई नेप्सेले ‘बीईडीसी’ कारोबार संकेत प्रदान गरेको छ।

२) दोल्ती पावर कम्पनी लिमिटेड

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोल्ती पावर कम्पनी लिमिटेडको आईपीओ सूचिकृत भएको छ । नेप्सेमा कम्पनीकाे ५३ लाख ६४ हजार ८६० कित्ता सेयर सूचीकृत भएको हाे ।

कम्पनीको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ८७ रुपैयाँ देखि २६१ रुपैयाँ ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । नेप्सेले यो कम्पनीलाई ‘डीओएलटीआई’ कारोबार संकेत प्रदान गरेको छ। सूचिकृत पश्चात दुवै कम्पनीको सेयर भोली बिहीबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार १३:००