१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेपाल रिपब्लिक मिडियाको आईपीओ बाँडफाँड, यसरी हेर्नुहाेस् नतिजा


२४ जेठ, काठमाडाैं । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएकाे छ । कम्पनीले गत वैशाख ३१ गतेदेखि जेठ १४ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेकाे आईपीओ आज बिहान धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सकाे कार्यालयमा बाँडफाँड भएकाे हाे ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ३५ हजार ३०० कित्ता सेयर बिक्री खुला गरेको थियो। उक्त आईपीओमा विदेशमा रहेका २० हजार ७९१ नेपाली श्रमिकबाट कुल ६ लाख ८८ हजार ३७० कित्ता सेयरका लागि आवेदन परेकाे थियो। जसमा २० हजार ७८५ आवेदकबाट परेको ६ लाख ८८ हजार १५० कित्ता सेयर सदर भएको छ भने बाँकी ६ आवेदकबाट परेको २२० कित्ता सेयर बदर भएको छ।

कम्पनीकाे आईपीओमा १० कित्तादेखि ५०० कित्तासम्म आवेदन दिने २० हजार ७८५ आवेदक, २० कित्तादेखि ५०० कित्तासम्म आवेदन दिने १६ हजार ५९५ आवेदक र ३० कित्तादेखि ५०० कित्तासम्म आवेदन दिने ६ हजार १५० आवेदकलाई १०/१० कित्ताका दरले कुल ४ लाख ३५ हजार ३०० कित्ता सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।

कम्पनीकाे आईपीओ नतिजा केही समयपछि प्रकाशन हुनेछ । आईपीओ नतिजा प्रकाशन भएपछि बिक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइट  https://megacapitalmarkets.com/, सिडीएससीको मेरो सेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login, सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार ०९:५९