१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

व्यापारीहरु जुवाडे होइनन्, करका दर बढ्नेवाला छ भनेपछि कसरी भित्रियो ११ सय गाडीः केपी ओली


२३ जेठ, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले इलेक्ट्रिक सवारीसाधनमा करको दर बढाएको र सोहि समयमा धेरै मात्रामा इलेक्ट्रिक सवारी ल्याउनु असामान्य भएको धारणा रखेका छन् ।

मंगलवार प्रतिनिधिसभा बैठकमा उनले अर्थमन्त्रीको जवाफप्रति नै संशय व्यक्त गरे । उनले भने, ‘ केही अनौठा घटनाहरु घटेका छन् । करका दर बढ्नेवाला छ,त्यसैबेला ११ सयजति गाडी आए,त्यहि चाँही आइटम जसमा कर बढ्छ । अनुमानका भरमा आयात गर्ने व्यापारीहरु जुवाडे होइनन्।’

परिवर्तित करको दरले भन्सारमा असर पार्ने बताएका उनले विद्युतीय सवारीसाधनसँगै विभिन्न वस्तुमा यस्तो प्रवृति देखिएको भन्दै अर्थमन्त्रीले दिएको सफाइमा ‘बेनिफिट अफ् डाउट’ दिएर हेर्ने समेत बताए ।

उनले आम नागरिकले दैनिक जीवनमा प्रयोग गर्ने वस्तुमा करको दर बढाएको र संभ्रान्तवर्गले प्रयोग गर्ने वस्तुमा कर नबढेको प्रतिआश्चर्य जनाउँदै असन्तुष्टि पोखे ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलवार १६:२७