१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

आज कति छ सुनचाँदीकाे मूल्य ?


२२ जेठ, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहँदै छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन आइतबार सुनको मूल्य ताेलामा १७०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि स्थि रहँदै तोलाको १ हजार ४१५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार ११:०६