१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

यु – २० महिला एसियन कप छनोटका लागि नेपाली टोली म्यानमार प्रस्थान


२१ जेठ, काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणको खेल खेल्न नेपाली यू–२० महिला टोली म्यानमार प्रस्थान गरेको छ ।

आइतबार अखिल नेपाल फुटबल संघ एन्फामा आयोजित एक कार्यक्रममा म्यानमार जाने नेपाली टोलीको विदाई गरिएको हो । गत मार्चमा प्यालेस्टाइनमा सम्पन्न पहिलो चरण छनोटमा नेपालले प्यालेष्टाइन र नर्दन मरियानालाई समान ६–०ले पराजित गर्दै दोस्रो चरणका लागि छनोट भएको थियो ।

नेपाल समूहबीको विजेता बन्दै दोस्रो चरणमा स्थान बनाएको हो । नेपाल दोस्रो चरणको छनोटमा पनि समूहबीमा रहेको छ र यस समूहमा घरेलु टोली म्यानमारसहित चीन र चाइनिज ताइपेई पनि जस्ता शक्तिशाली टोली छन् ।

म्यानमार प्रस्थान गर्ने नेपाली टोलीको गोलकिपरमा कविता विक, लिला जोशी, सावित्री किसान, रक्षां पक्तिमा सबिना चौधरी, तुलसा बोहरा, सुनिता भुलन, सिम्रन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, सजनी थोकर, कुमारी तामाङ रहेका छन् ।

यस्तै मध्य पंक्तिमा दीपा शाही (कप्तान), सरस्वती हमाल, हिमा रावत, मनमाया दमाई, सारा बज्राचार्य, सुनकला राई, सुष्मा जिटी, अञ्जलीमा चामासी छन् भने अग्र पंक्तिमा गरिमा राई, अमिषा कार्की, ममता पुन र सदीपा भोलन रहेका छन् ।

नेपालले छनोटको पहिलो खेल जुन ६ तारिखमा आयोजक म्यानमारसंग, जुन ८ माचीन र जुन १० चाइ निजता इपेईसँग खेल्नेछ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार १६:२६