२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

रसुवाका प्रेम तामाङ एमाले केन्द्रीय सदस्यमा मनोनित


१९ जेठ, काठमाडाैँ । गत वैशाखमा नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका रसुवाका प्रेम तामाङ केन्द्रीय सदस्यमा मनोनित भएका छन । शुक्रबार एमाले मुख्यालय ललितपुरको च्यासलमा भएको केन्द्रीय सचिवालय बैठकले तामाङलाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको हो । तामाङ एमाले रसुवाका सचिव जनार्दन ढकालको मध्यस्ततामा गत वैशाख ९ गते तामझामसहित एमाले प्रवेश गरेका थिए ।

तामाङसहित १३ जनाले एमालेको केन्द्रीय कमिटीमा प्रवेश पाएका छन । एमाले केन्द्रीय सदस्यमा प्रवेश पाउनेमा काठमाडाैँका मुकुन्द न्यौपाने र सुरेन्द्र मानन्धर, कालिकोटका प्रेमबहादुर सिंह, दाङका भागवत विश्वासी, कास्कीका चूडामणि जंगली, भोजपुरका हेमराज राई, सुर्खेतका ठम्मर विष्ट, धनुषाका उमाशंकर अरगरिया, रौतहटका अजय गुप्ता, बाराका इकवाल मियाँ, गुल्मीका गणेश खनाल, र चितवनका यामबहादुर परियार रहेका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार २०:२३