१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

रात्रिभोज अघि प्रधानमन्त्रीले भनेः दुई देशबीचको सम्बन्ध नयाँ उचाईमा


१७ जेठ, नयाँदिल्ली । चारदिने भ्रमणका लागि भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले, दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पु¥याउनु आफ्नो भ्रमणको मुख्य उद्देश्य रहेको बताएका छन् ।

बुधबार भ्रमणको पहिलो साँझ नयाँदिल्लीस्थित नेपाली दूतावासले प्रधानमन्त्रीको स्वागतमा आयोजना गरेको रात्रिभोज कार्यक्रममा उनले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन आफूले सक्दो प्रयास गर्ने बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा बुधबार दिउँसो नयाँदिल्ली पुगेका दाहाल बिहीबार हैदरावाद हाउसमा समकक्षी मोदीसँग वार्ता गर्ने कार्यक्रम छ । तेस्रो पटक प्रधानमन्त्री बनेपछि यो पहिलो भारत भ्रमणमा पुुगेका प्रचण्डलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत स्वागत गरेकी थिइन् । नेपालन्युजबैंक

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार २१:२९