१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

‘अखण्ड भारत’को भित्तेचित्रले नेपालसँगको कुटनीतिक सम्बन्ध बिगार्छः डा बाबुराम भट्टराई


१६ जेठ, काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भारतको नयाँ संसद भवनमा राखिएको नक्साले नेपाल लगायतका छिमेकी मुलुकसँगको सम्बन्ध बिगार्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस् पोष्ट गर्दै भारत सरकारले भर्खरै उद्घाटन गरेको नयाँ संसद भवनमा ‘अखण्ड भारत’को विवादास्पद भित्तेचित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्ने उनको धारणा छ ।

स्टाटसमा उनले भनेका छन्,‘भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद भवनमा ‘अखण्ड भारत’को विवादास्पद भित्तेचित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ । यसले भारतका निकटतम छिमेकीहरूबीचको द्विपक्षीय सम्बन्धलाई पहिले नै बिगार्ने विश्वासको घाटालाई अझ बढाउने सम्भावना छ । भारतीय राजनीतिक नेतृत्वले यस भित्तेचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै खोलेर सञ्चार गर्नु बुद्धिमानी हुनेछ ।’

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलवार १०:३२