१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बेलकोटगढीमा विदेशबाट फर्किएका युवाका लागि सीप विकास तालिम


१६ जेठ, बेलकोटगढी । वैदेशिक राेजगार बाेर्डकाे सचिवालयकाे साझेदारी तथा नुवाकोटको बेलकाेटगढी नगरपालिका राेजगार सेवा केन्द्र बाघखाेर नुवाकाेटकाे आयाेजनामा बैदेशिक राेजगारीबाट फर्केका व्यक्तिका लागि पुन: एकीकरण कार्यक्रम अन्तर्गत हाेमस्टे संचालन सम्बन्धी सीप विकास तालिम कार्यक्रम सुरु भएकाे छ ।

स्वदेशमै पर्यटन सीप विकास गरि आय आजर्न गर्न कार्यक्रम संचालन गरेकाे प्रधानमन्त्री राेजगार कार्यक्रम संयाेजक हरिप्रसाद गजुरेलले बताउनु भयाे । तालिम कार्यक्रममा अतिथि सत्कार, पाहुनाकाे स्वागत, विदाई, हाइकिङ तथा कुकिङ सीप बारेमा प्रशिक्षक भुमराज तिवारीले प्रशिक्षण दिनुहुनेछ । तालिम कार्यक्रममा १० जना प्रशिक्षार्थी सहभागी रहेका छन ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलवार ०७:२७