२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

एडिलेडमा मनाइयो `एभरेष्ट डे ´ (फोटो फिचर सहित)


एडिलेड नेपाली समुदायिक संस्थाहरुको संगठन फेड्रेसन अफ नेप्लिज कम्युनिटी एशोशियसन अफ अष्ट्रेलिया(फेन्का)को साउथअष्ट्रेलिया समितिको आयोजनामा पदयात्राको आयोजना गरि `एभरेष्ट डे´ मनाइएको

स्थानिय मोरियालता प्ले स्पेसबाट शुरु भएको पदयात्रा वाटरफल गली सम्म पुगेर पुन प्ले स्पेसमा आएर समापन भएको थियो समापनकार्यक्रमलाई फेन्का अगुवा सहित विभिन्न व्यक्तिहरुले एभरेष्ट डे को महत्व फेन्काका गतिविधी बारेमा चर्चा गरेका थिए

फेन्का अष्ट्रेलियाका प्रवक्ता दिपक बिष्टले फेन्काको स्थापना काममा वारेमा चर्चा गरेका थिए

कार्यक्रममा साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगकी सदस्य मञ्जु खड्काले सगरमाथालाई विश्वमा चिनाउदै पछिल्लो समय वायु प्रदुषण लगायतका कारणले हिमालहरु माथी परेका प्रभाव वारेमा समेत सचेतना जगाउन आग्रह गरिन्

कार्यक्रममा एनआरएनए साउथ अष्ट्रेलियाका उपाध्यक्ष संजय पुरी, एडिलेड नेपाली समाजका पुर्व अध्यक्ष सुरेन्द्र रेग्मी लगायतका बक्ताहरुले एभरेष्ट डेको महत्वसहित फेन्काका गतिविधी माथी प्रकाश परेका थिए

कार्यक्रम संचालन गर्दै फेन्का साउथ अष्ट्रेलिया संयोजक कपिल पाण्डेले फेन्काले एडिलेड, सिड्नी लगायतका शहरहरुमा मे २९ एभरेष्टमाथी सफल आरोहणको संझना गर्दै कार्यक्रम गरेको बताउदै कार्यक्रमहरुबाट उठ्ने सहयोग रकमलाई सगरमाथाको सफाई अभियान संचालन गरेका संस्थालाई उपलब्ध गराउने बताए

यसै गरि कार्यक्रममा गत मे २० २१ मा एडिलेड नेपाली विद्यालय नेपाली पाठशालामा आयोजित चित्रकला प्रतियोगिताका विजयी बालबालिकाहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो जसमा उमेर समुहमा प्रथमअड्रिन घिमिरे, दोस्रोशैलेन ढकाल, उमेर १२ समुह प्रथमकल्कि केसी, दोस्रोसुहानी राजभण्डारी, उमेर १३१५ समुह प्रथम सुमांश रेग्मी भएका थिए

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आईतवार १७:००