१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

नेप्सेमा थप तीन कम्पनीको बोनस सेयर सूचिकृत, कुनकाे कति ?


१४ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार थप तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल), प्रभु इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको बोनस सेयर  सूचीकृत भएको हाे ।

१) एचआइडिसिएल

नेप्सेमा एचआइडिसिएलको ५ प्रतिशत बोनस बापतको १ करोड ६ लाख ३८ हजार १३३.७५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

२) प्रभु इन्स्योरेन्स कम्पनी

नेप्सेमा प्रभु इन्स्योरेन्स कम्पनीको ६.७० प्रतिशत बोनस बापतको ८ लाख ६४ हजार १०६.७६ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

३) स्वरोजगार लघुवित्त

नेप्सेमा स्वरोजगार लघुवित्तको २२ प्रतिशत बोनस बापतको ११ ला ३१ हजार १८ कित्ता बोनस सेयर सूचिकृत भएको हो । सूचीकृतपश्चात् यी कम्पनीको सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आईतवार १५:३९