२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

सीजीनेटको ग्राहक सेवा नम्बर परिर्वतन


१० जेठ, काठमाडौं । स्मार्ट टेलिकमको सेवा बन्द भएपछि सीजीनेटले आफ्नो ग्राहक सेवा नम्बर परिवर्तन गरेको छ । बुधबार कम्पनीले एक सूचना जारी गर्दै स्मार्ट टेलिकमको सेवा बन्द भएका कारण आफ्नो नम्बर पनि परिवर्तन भएको जानकारी दिएको हो ।

यसबाट प्रभावित सेवाग्राहीसँग माफि माग्दै कम्पनीले ग्राहक सेवाको लागि नयाँ नम्बरको व्यवस्थापन गरेको जानकारी दिएको छ । सीजीनेटको ग्राहक सेवाको लागि ०१–५९७०११३ अथवा ०१–५९७०११४ मा सम्पर्क गर्न सकिनेछ । साथै नेपाल टेलिकमको टोल फ्रि नम्बर १६६००११००१३ मा पनि सम्पर्क गर्न सकिनेछ सिजीनेटले जनाएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार १६:४९