
७ जेठ, काठमाडौं । कृषि विकास बैंकले सेयरधनीकाे खातामा बाेनस सेयर जम्मा गर्न सुरु गरेको छ । कम्पनीको चैत १४ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित भएको २ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराई सेयरधनीहरुको सम्बन्धित डिम्याट खातामा जम्मा गरेकाे हाे ।
फागुन २९ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर सम्बन्धीत हितग्राही खातामा जम्मा गरेको हो । सोमिति पश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा क्रमशः सेयर जम्मा हुने छ ।
हालसम्म सेयर अद्यावधिक नगराएका सेयरधनीहरुले अद्यावधिक गराएपछि मात्र लाभांश जम्मा गर्ने भएको हुँदा खाता अद्यावधिक गर्न कम्पनीले अनुराेध गरेकाे छ ।
प्रकाशित मिति : ७ जेष्ठ २०८०, आईतवार १३:३९