१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सरकारी विद्यालयको सुधार सरकारको प्राथमिकतामा छः प्रधानमन्त्री प्रचण्ड


४ जेठ, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी एवम् सार्वजनिक शिक्षा सुधारलाई वर्तमान सरकारले प्राथमिकतामा राखेको बताएका छन् । प्रधानमन्त्री भएको छ महिनापछि आज प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा यस्तो धारणा राखेका हुन् । उनले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले सबै सरकारी विद्यालयमा गुणस्तरीय र रोजगारमुलक शिक्षा प्रदान गरि स्वदेशमा नै रोजगारी सिर्जना गर्न हालको शिक्षा नीतिमा केही गुणात्मक सुधार गर्ने सरकारको तयारी रहेको बताए ।

नेपाली काँग्रेसकी सांसद ईश्वरी देवी न्यौपानेले सोधेको सरकारी विद्यालयको अवस्था, सरकारी विद्यालयको सुधार र युवालाई देशमा नै रोजगार बनाउने सम्बन्धमा सरकारको के नीति छ ? भन्ने प्रश्नमा प्रधानमन्त्री दाहालले सरकारी विद्यालयको स्तर सुधारमा सरकार अघि बढिसकेको बताए । उनले भने ‘ आर्थिक वर्षको पहिलो ९ महिनामा ९०३ अर्ब ४९ करोड रेमिट्यान्स प्राप्त भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा २४.२ प्रतिशत वृद्धि हो । यसको तुलनामा नेपाली विद्यार्थीहरु विदेश पढ्न जाँदा ६७ अरव १९ करोड रुपैंयाँ बाहिरिएको देखिएको छ । ’

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार १३:५६