१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?


२ जेठ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य एक सय रुपैँयाले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको मूल्य तोलामा सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार एक सय रुपैयाँ कायम भएको छ।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँ पुगेको छ।

यसअघि सोमबार भने सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो। सोमार छापावाल सुन प्रतितोला १ लाख ११ हजार र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलवार १२:२१