१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पाँच किलो चरेशसहित दुई यूवक पक्राउ


२९ फागुन, काठमाण्डौं । महानगरीय प्रहरी परिसरले आज लाजिम्पाटस्थित द इम्पेरियल क्याफेमा जाँच गर्दा रोल्पाका विजय घर्तीमगर र म्याग्दीका सुमन रोक्कामगरलाई पाँच केजी चरेशसहित पक्राउ गरेको छ ।

परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त, दरबारमार्गले भारतको रक्सौल र अन्य नाकाबाट काठमाडौँ भित्रिएको लागुपदार्थ होटल तथा रेष्टुरेन्टमा बेचबिखन हुने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले जाँच गर्दा उक्त परिणाममा चरेश बरामद गरेको हो ।
परिसरले पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७४, मंगलवार १३:४०