२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ


२६ वैशाख, काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक-ए-इन्साफ (पीटीआई) प्रमुख इमरान खान पक्राउ परेका छन् । उनलाई इस्लामावाद उच्च अदालत अगाडि गिरफ्तार गरिएको पाकिस्तानी समाचार संस्था डनले जनाएको छ ।

पूर्वप्रधानमन्त्री खानलाई गिरफ्तार गरिएको तेहरिक-ए-इन्साफका वकिल फैसल चौधरीले पुष्टि गरेका हुन् । पीटीआईका उपप्रमुख फवाद चौधरीले एक ट्विट गर्दै रेन्जर्सले खानलाई उच्च अदालत अगाडि गिरफ्तार गरेको जनाएका छन् । उनलाई प्रहरीले अल कादिर ट्रस्टसँग सम्बन्धित घटनालाई लिएर पक्राउ गरेको जनाइएकाे छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार १६:११