१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

उर्जा उत्पादनमा निजी क्षेत्रको भूमिका महत्वपूर्णः अर्थमन्त्री महत


६ वैशाख, काठमाडौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले उर्जा उत्पादनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित उर्जा सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले विद्युत उत्पादनमा निजी क्षेत्रको संलग्नता पछि राष्ट्रिय प्रशारणमा विद्युतको क्षमता थपिनुको साथै माग पूर्तिमा पनि ठूलो सहयोग पुगेको बताए ।

उनले भने, ‘९० को दशकभन्दा अगाडि एक दुई मेगावट विद्युत उत्पादन हुन्थ्यो । जब निजी क्षेत्र विद्युत उत्पादनमा संलग्न भयो, त्यसपछि राष्ट्रिय प्रशारणमा विद्युतको क्षमता थपियो । जसले गर्दा मागपूर्ति गर्न ठूलो सहयोग पुग्यो । ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको छ ।’

मन्त्री डा.महतले नेपालमा उर्जामा लगानी गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय लगानीकर्तालाई आव्हान गर्दै सरकारले लगानीको प्राथमिकतामा उर्जालाई लिएको हुनाले नेपालमा लगानीकर्तामा आएका समस्या समाधान गर्न सरकार तयार रहेको बताए । यातायातको क्षेत्रलाई विद्युतीकरण गर्नुको साथै घरायासी प्रयोजनलगायत अन्य क्षेत्रबाट विद्युत खपत बढाउन सकिने पनि उनको भनाइ थियो ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार १५:५९