
४ वैशाख, काठमाडाैं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले तीन आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको वैशाख ३ गते आइतबार बसेको बैठकले कम्पनीको ११औँ, १२औँ र १३औँ वार्षिक साधारणसभा वैशाख २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडाैंकाे कालिकास्थानस्थित अमृतभोग क्याटरर्समा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले कम्पनीको चुक्तापुँजीको ५० प्रतिशतबराबरको हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले हकप्रद निष्काशन प्रस्तावसँगै चुक्ता पूँजी र सञ्चित मुनाफाभन्दा बढी हुने गरी लिएको ऋण अनुमोदन गर्ने साथै थप ऋणका लागि स्वीकृती दिने, जलविद्युत कम्पनीहरु मर्ज अथवा एक्वायर गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको स्वामित्वमा रहेको निर्माण प्रक्रियामा जन बाँकी आयोजनाहरुको निर्माणका लागि आवश्यक पूँजी व्यवस्थापन गर्न तथा क हस्तान्तरण गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहको तर्फबाट ५ जना र सर्वसाधारण समूहबाट १ जनागरी ६ जना सञ्चालकहरुको निर्वाचन गर्ने र १ जना स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्तावहरु पारित गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले वैशाख ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ वैशाख १० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभा भाग लिन पाउनेछन्।
प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार १३:१७