१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

दुर्गा प्रसाईले शालिक बनाइ रहेका ज्ञानेन्द्रप्रसाद ढुंगानालाई ‘प्रबल जनसेवा श्री’ विभुषण


३ वैशाख, काठमाडौँ । विवादित व्यवसायी दुर्गा प्रसाईले कससल धितोमा समेत सहज ऋण प्रावह गरेकोमा शालिक बनाएर सम्मान गर्ने घोषणा गरेका बैंकर ज्ञानेन्द्रप्रसाद ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट विभुषित भएका छन । राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवा श्री’ बाट विभिषुत गरेका हुन ।

ढुंगान नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत हुन । २०७९ असोज ३ को संविधान दिवसको अवसरमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ढुंगानासहित करिब १ हजार जनालाई विभिन्न पदक र सम्मानले विभुषित गर्ने घोषणा गरेको थियो । सो घोषणा अनुसार २०८० वैशाख १ गते राष्ट्रपति कार्यालय शितल निवासमा भएको कार्यक्रममा ढुंगाना पनि विभुषित भएका हुन ।

नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृत हुँदा लोन प्रक्रियामा सकारात्मक सहयोग गरेको भन्दै प्रसाईले ढुंगानाको शालिक स्थापना गरेर पूजा गर्ने घोषणा गरेका थिए । उनले त्यसका लागि ढुंगानाको शालिक भारतको राजस्थानमा निर्माण भैरहेको जानकारी समेत दिएका थिए ।

अन्य सबै बैंकरलाई कालोमोसो दल्ने घोषणा गरेर युवा दस्ता परिचालन गरिरहेका प्रसाईले त्यतिखेर ढुंगानाकोमात्र शालिक निर्माणको कुरा उठेपछि शंकाको नजरबाट हेरिएको थियो । प्रसाई र ढुंगानाको औपचारिकबाहेक अनौपचारिक सम्बन्धहरूको बारेमा पनि चर्चा भएको थियो तर नियामक निकाय राष्ट्र बैंकले भने यस विषयमा कुनै चासो दिएको थिएन ।

यो पनि पढ्नुहोस्

दुर्गा प्रसाईको कालोमोसो अभियान स्थगित, बैंकर ज्ञानेन्द्र ढुंगानाको सालिक बन्दै

बैंकको ऋण नतिर्ने अभियान चलाइरहेका दुर्गा प्रसाई किन बनाउँदैछन ज्ञानेन्द्रको शालिक ?

प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार २३:०७