
२७ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष आचार्यलाई प्रधानमन्त्री प्रचण्डले प्रेस सल्लाहकार नियुक्त गरेका हुन् ।
यसअघि २०७३ सालमा पनि उनी प्रधानमन्त्री प्रचण्डको प्रेस सल्लाहकार थिए ।
प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार १६:५१