
२६ चैत, हेटौँडा । बागमती प्रदेशको सरकारमा कांग्रेस पनि सहभागी भएको छ । अर्थ र उर्जामन्त्रीमा २ जना मन्त्री सहभागी गराएर कांग्रेस सरकारमा गएको हो । नेपाली कांग्रेसबाट मुख्यमन्त्रीको दाबेदार रहेका बहादुरसिंह लामाको नेतृत्वमा कांग्रेस आइतबार सरकारमा सहभागी भएको हो ।
मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आइतबार नै कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामालाइ अर्थ तगा योजना र तीर्थ लामालाइ खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रीमा नियुक्त गरेका थिए । केहीबेरअघि प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुबै मन्त्रीलाइ पद तथा गोपनियताको सपथ गराएका छन । बहादुरसिंह लामा भने पछि रोटेशनमा मुख्यमन्त्री बन्नेछन ।
प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार १९:१०