
२६ चैत, हेटाैँडा । बागमती प्रदेशकाे सरकारमा कांग्रेस पनि सहभागी भएकाे छ । कांंग्रेसबाट मुख्यमन्त्रीकाे आकांक्षी रहेका संसदीय दलका नेता बहादुरसिंह लामा अर्थ मन्त्रीमा नियुक्त भएका छन । त्यस्तै तिर्थ लामा खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रीमा नियुक्त भएका छन । उनीहरू दुबैले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा प्रदेश प्रमुखसँग सपथ ग्रहण गरेका छन ।
प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार १८:४०