
२१ चैत, काठमाडाैं । ग्लोबल हाइड्रोपावर एसोशिएट्स लिमिटेडले ५८ लाख ६० हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरले कुल ५८ करोड ६० लाख रुपैयाँ बराबरको आइपीओ निष्काशनकाे प्रक्रिया अगाडि बढाएको हो । आइपीओ निश्कासनको प्रक्रिया अगाडि बढाउँदै कम्पनीले सेयरको प्रत्याभूति सेवा उपलब्ध गराउने सम्बन्धमा आज ग्लोबल हाईड्रोपावर र मेगा क्यापिटल तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गबीच त्रिपक्षिय सम्झौता भएको हो ।
सम्झौतामा ग्लोबल हाईड्रोपावरका तर्फबाट अध्यक्ष मोतीलाल दुगड, मेगा क्यापिटलका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले हस्ताक्षर गरेका छन् ।
प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार १६:४४