
२० चैत, काठमाडौं । साताकाे दोस्रो काराेबारकाे दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार १६.९१ अंकले घटेर १८७१ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा ९२ कारेड २४ लाख ९ हजार बराबरको कारोबार भएको हो ।
आज शेयर बजार घटेसँगै प्रभु बैंकको डिभेन्चरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, एशियन हाइड्रोपावर, माया खोला हाइड्रोपावर लगायत अन्य कम्पनीको सेयर मूल्य घटेको छ ।
प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार १५:३४