२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ कति पर्यो आवेदन ? यस्ताे छ पछिल्लाे अपडेट

२० चैत, काठमाडाैं । मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओमा पहिलो दिनै मागभन्दा बढी आवेदन परेकाे छ । कम्पनीले हिजाे चैत १९ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ।

कम्पनीले १०० अंकित दरका कुल १४ लाख ४९ हजार ४०० रुपैयाँ आईपीओ बिक्री गरेको हो। जसमा ५ प्रतिशतले हुन आउने ८० हजार ७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३२ हजार २८ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीकाे आईपीओमा हिजाे साँझसम्ममा ३ लाख १५ हजार ६३२ आवेदकबाट ३५ लाख ४५ हजार ३०० कित्ता सेयरकाे लागि आवेदन परेकाे छ । याे मागभन्दा २.६५ गुणाले बढी हो।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार ०९:४७