१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

जीवन बीमा कम्पनीको व्यवसाय ९३ अर्ब ७५ करोड, नेपाल लाइफ इन्स्योरेन्सकाे सबैभन्दा बढी


१७ चैत, काठमाडाैं । जीवन बीमा कम्पीहरुको बीमा शुल्क आर्जन बढेकाे छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरूकाे बीमा शुल्क आर्जन बढेकाे हाे ।

चालु आवको ८ महिनामा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन ९३ अर्ब ७५ करोड ३७ लाख ७९ हजार रुपैयाँ पुगेको छ । जुन गत माघ मसान्तसम्मको तुलनामा भने १२.४२ प्रतिशतले बढी हो । गत माघ मसान्तसम्ममा भने कम्पनीहरुले कुल ८३ अर्ब ३९ करोड १४ लाख २४ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।

समिक्षा अवधिमा कम्पनीको नविकरण बीमा शुल्क मार्फत ७५ अर्ब २० करोड २१ लाख २६ हजार रुपैयाँ, प्रथम बीमा शुल्क मार्फत १८ अर्ब ५५ करोड १६ लाख ५३ हजार रुपैयाँ उठाएका छन् । सो अवधिमा कुल सक्रिय रहेको बीमालेखको संख्या १ करोड ४० लाख १ हजार ५७६ रहेको छ । चालु आवको ८ महिनामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै बीमा शुल्क आर्जन गरेको छ । यो अवधिमा नेपाल लाइफले २४ अर्ब ३७ करोड रुपैयाँको बीमा शूल्क संकलन गरेको छ । यो समग्र बीम शूल्कमध्येको २६ प्रतिशत हो ।

चालु आवको फागुन मसान्तसम्मा कम्पनीले नविकरण मार्फत कुल २० अर्ब ९० करोड ५१ लाख ४९ हजार रुपैयाँ बीमा शुल्क उठाएको छ । सो अवधिमा कम्पनीको प्रथम बीमा शुल्क ३ अर्ब ४७ करोड ३५ लाख १६ हजार रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । कम्पनीको सक्रिय बीमालेखको संख्या ९ लाख ७८ हजार ६२६ रहेको छ । फागुन महिनामा मात्रै कम्पनीको नविकरण बीमा शुल्क २ अर्ब २९ करोड ११ लाख ८० हजार रुपैयाँ र प्रथम बीमा शुल्क ४४ करोड ६ लाख ६३ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै ८ महिनाको अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेसन एलआइसीले ११ अर्ब ४९ करोड ७७ लाख रुपैयाँ व्यवसाय गरेको छ । नेशनल लाइफले १० अर्ब २२ करोड १९ लाख रुपैयाँको बीमा शूल्क संकलन गर्दा राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ७३ करोड ८७ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको छ ।

त्यस्तै सूर्यज्योति लाइफले ५ अर्ब ५१ करोड, यूनियन लाइफले ५ अर्ब १७ करोड, एशियन लाइफले ४ अर्ब ५९ करोड, सिटिजन लाइफले ३ अर्ब ५७ करोड, मेट लाइफले ३ अर्ब ३९ करोड र प्राइम लाइफले २ अर्ब ९६ करोड रुपैयाँको व्यवसाय गरेका छन् । त्यस्तै आइएमई लाइफले २ अर्ब ६२ करोड, सन नेपाल लाइफले २ अर्ब ५८ करोड, रिलायबल नेपाल लाइफले २ अर्ब ३५ करोड, रिलायन्स लाइफले २ अर्ब ७ करोड, गुराँस लाइफले १ अर्ब ९८ करोड, सानिमा लाइफले १ अर्ब ६५ करोड, प्रभु लाइफले १ अर्ब ४० करोड र महालक्ष्मी लाइफले १ अर्ब १ करोड रुपैयाँको व्यवसाय गरेका छन् ।

गत आवको सोही अवधिको तुलनामा १८ वटा जीवन बीमा कम्पनीमध्ये ७ वटा व्यवसाय भने घटेको छ भने ११ वटाको व्यवसाय बढेको छ । यस अवधिमा सबैभन्दा धेरै व्यवसाय प्राइम लाइफ इन्स्योरेन्सको घटेको छ । गत आवको तुलनामा प्राइमको व्यवसाय १३.४८ प्रतिशतले घटेको हो । यस्तै, रिलायबल नेपाल लाइफको व्यवसाय ११.६८ प्रतिशत, मेट लाइफको ७.२३ प्रतिशत, सन नेपाल लाइफको ५.०८ प्रतिशत, गुराँस लाइफको ४.७७ प्रतिशत, सूर्यज्योति लाइफको ०.९४ प्रतिशतले घटेको प्राधिकरणको तथ्यांक छ ।

व्यवसाय बढाउनेमा आइएमी लाइफ इन्स्योरेन्सको २२.३३ प्रतिशतले व्यवसाय बढेको छ । यस्तै, नेशनल लाइफको व्यवसाय १३.४० प्रतिशत, रिलायन्सको ११.२६ प्रतिशत, महालक्ष्मी लाइफको ९.०६ प्रतिशत, सानिमा लाइफको ७.९७ प्रतिशत र प्रभु लाइफको ५.७३ प्रतिशतले बढेको छ । यस्तै, एलआइसीको व्यवसाय ३.४२ प्रतिशत, सिटिजन लाइफको २.६१ प्रतिशत, नेपाल लाइफको १.८७ प्रतिशत र एशियन लाइफको १.०४ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार ०९:३७