१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बेटर होम अप्लायन्सेसले उत्कृष्ट रिटेलरहरूलाई थाइल्यान्डको यात्रामा पठायो


१६ चैत, काठमाडौं । बेटर होम अप्लायन्सेसले आफ्ना उत्कृष्ट रिटेलरहरूलाई थाइल्यान्डको यात्रामा पठाएको छ । रवि एन्ड सन्नी इन्डस्ट्रिज प्रालि अन्तर्गतको इलेक्ट्रोनिक र होम अप्लायन्स ब्रान्डले आफ्नो सबैभन्दा बढी सामान बिक्री गरेका रिटेलरहरूलाई २७ मार्च थाइल्यान्डको यात्रामा पठाएको छ ।

उनीहरूको यात्रा पाँच–दिन हुने कम्पनीले जनाएको छ । गत आर्थिक वर्षमा सबैभन्दा धेरै बिक्री प्राप्त गरेकोमा रिटेलरहरूलाई यो यात्रा पुरस्कृत गरिएको हो ।

“हामी आफ्नो रिटेलरहरूलाई उत्थान गर्न चाहन्छौँ र विश्वास दिन चाहन्छौँ । उहाँहरूबाट यस्तो समर्पण पाएकोमा हामी कृतज्ञ छौँ र हाम्रो कृतज्ञता देखाउन चाहन्छौँ,” बेटर होम अप्लायन्सेसका सीईओ सन्नी रौनियार भने ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार ११:२६