२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

सरकारले संसद्को गरिमा ख्याल नगरेको एमाले सांसद पन्तको आरोप

१५ चैत, काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारले संसद्को गरिमा घटाउने काम गरेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले संसद्ले काम गर्न नसकेको भनेर सञ्चार माध्यममा समाचार आइरहेको भन्दै संसदको गरिमा घटाउने कार्यमा सरकार लागेको आरोप लगाए ।

सरकारकै कारण सबै दलहरू आलोचित हुनुपरेको उनको तर्क छ । उनले भने ‘हिजोको सूचिमा रहेको यो विधेयकमाथि स्वाभाविक रूपमा मन्त्रीसंग बसेर निर्णय निकालिएको थियो होला, आज के अपरिहार्य काम पर्यो? कुनै मन्त्रीको विधेयक पेस गर्ने भन्दा महत्त्वपूर्ण अर्को के काम हुन्छ ? यो सरकारको प्रधानमन्त्रीले संसद्लाई कति महत्त्व दिएका छन्? संसद्को गरिमा बढाउन काम नै गरेका छैन भने ? ’

सम्भावित कार्यसूचीमा अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक पेस गर्ने उल्लेख गरेकोमा अहिले हटाइएको भन्दै उनले आक्रोश पोखे । विषयगत मन्त्री संसद्मा आएर विधेयक पेस गर्ने भन्दा महत्त्वपूर्ण अर्को के काम हुन्छ ? उनको प्रश्न छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार १६:१५