सेयर बजारमा झिनो अंकको वृद्धि, दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट
१५ चैत, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा झिनाे सुधार देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १.०२ अंकले बढेर १९१९.४२ बिन्दुमा बन्द भएकाे छ । आज ८१ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका ८७ कम्पनीको सेयरमूल्य बढेको छ भने ११४ कम्पनीकोे सेयरमूल्य घटेको छ । यसका साथै १५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । आज एनआइसी एशिया बैंकको सर्वाधिक काराेबार भएकाे छ ।
यस दिन कम्पनीकाे ३ करोड ५६ लाख रुपैयाँ बढीकाे कारोबार भएको छ । आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। सुपर माई हाईड्रोपावर, कालिन्चोक दर्शनको सेयरमा आज सकारात्मक सर्किट लागेको हाे। यस दिन खप्तड लघुवित्तका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।
प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार १५:१५












