२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

१३ प्रतिशत लाभांश पारित गर्दै कृषि विकास बैंकको साधारणसभा सम्पन्न


१५ चैत, काठमाडाैं । कृषि विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंककाे साधारणसभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा हिजो चैत १४ गते मंगलबार सम्पन्न भएको हाे । साधरणसभाले १३ प्रतिशत लाभांश पारित भएको हो ।

मंगलबार बसेको बैंककाे साधारणसभाले ११ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस सेयर गरी कुल १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै कृषि विकास बैंकको संचालक समितिमा सर्वसाधरण सेयरधनीहरुको तर्फबाट ३ जना संचालक सदस्यमा गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल र विनोद कुमार गुरागाईं आगामी ४ वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार १४:४०