१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कांग्रेस परित्याग गर्दै गुरूराज घिमिरे, नयाँ शिराबाट राजनीति गर्ने घोषणा


१५ चैत, काठमाडौँ । नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले नेपाली कांग्रेस परित्याग गर्ने संकेत गरेका छन । उनले सामाजिक सञ्जाल मार्फत कांग्रेस छाड्ने संकेत गरेका हुन । नेपाली कांग्रेसमा आफ्नै गुटबाट पीडित बन्न पुगेका घिमिरे प्रदेश नम्बर १ को सभापतिमा पराजित भएका थिए ।

गत प्रदेशसभा निर्वाचनमा मोरङबाट कांग्रेसकै कारण पुनः पराजित भएपछि विरक्तिएका घिमिरले मंगलबार सामाजिक सञ्जाल मार्फत पार्टी परित्यागको संकेत गरेका हुन । उनले भनेका छन, ‘नयाँ बर्षमा नयाँ राजनीतिक निर्णय ! राजनीति नयाँ शिराबाट ! परम्परागत राजनीतिको अन्त्य !’

घिमिरेले नयाँ वर्षसँगै नयाँ निर्णय लिएर राजनीतिक धार परिवर्तन गर्ने बताएका छन । उनले परम्परागत राजनीतिकको अन्यत्य भएको पनि बताएका छन । यद्यपी घिमिरेको टिप्पणी सेयर गर्दै कांग्रेसका युवा नेता शंकर तिवारीले घिमिरेको विद्रोह कांग्रेसभित्रै हुने र त्यसमा आफूहरूको पनि साथ हुने बताएका छन ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार १०:४६